नर्भिकको यूरोलोजी टिमले निःशुल्क ओपिडी सञ्चालन गर्ने
बुधबार, २५ फागुन २०७८, १२ : १२
नर्भिक अस्पतालको यूरोलोजी टिमले फागुन २८(शनिवार) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । यो दिन प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो । केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० देखि ११ः३० बजेसम्म(२ घण्टा) सञ्चालन हुने अस्पतालले जनाएको छ ।
मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरूले ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् । निःशुल्क ओपिडी सेवा लिन चाहनेले अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स एप वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा दुई कार्यकालको व्यवस्था : बदमासी गरे को–को हुनेछन् फिर्ता ?
-
श्रम शोषणले डाक्टरहरू विदेशिए, भविष्यमा गम्भीर अभाव हुन्छ : सांसद ओली
-
‘चलचित्र विधेयक २०८१’ माथि १२२ वटा संशोधन प्रस्ताव : कुन सांसदले के दिए सुझाव ?
-
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
-
प्रधानमन्त्रीको अभिव्यक्ति पछि ठोरी नाकामा समस्या देखियो,समाधानको पहल गरियोस् : थपलिया
-
संसद्मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण