बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिकको यूरोलोजी टिमले निःशुल्क ओपिडी सञ्चालन गर्ने

बुधबार, २५ फागुन २०७८, १२ : १२
बुधबार, २५ फागुन २०७८

नर्भिक अस्पतालको यूरोलोजी टिमले फागुन २८(शनिवार) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । यो दिन प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो । केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० देखि ११ः३० बजेसम्म(२ घण्टा) सञ्चालन हुने अस्पतालले जनाएको छ ।

मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरूले ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् । निःशुल्क ओपिडी सेवा लिन चाहनेले अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स एप वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप