अझै शक्तिशाली छु भन्ने ओलीको भ्रम चुनावमा तोडिन्छ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन तोड्ने अझै प्रयास गरिरहेको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन दल बीचमा अविस्वास पैदा गर्ने र गठबन्धन तोड्ने प्रयासलाई ओलीले अझै कायम राखेको बताएका हुन् ।
‘गठबन्धन बीचमा अविश्वास पैदा गर्ने र सत्ता गठबन्धनलाई तोड्ने षड्यन्त्र अझै भइरहेको छ’, अध्यक्ष नेपालको भनाइ छ । उनले यसअघि एमसीसीको नाममा आफ्नो पार्टीका १४ सांसदलाई कारवाही गरेर काँग्रेससँग मिल्ने योजनामा लागेका ओली सफल नभएको पनि बताए ।
उनले एमाले अध्यक्ष ओलीलाई अझै पनि आफु निकै शक्तिशाली रहेको भ्रम परेको भन्दै त्यो भ्रम आगामी निर्वाचनमा तोडिने बताए । ‘कुनै मान्छेहरूलाई अझै पनि शक्तिशाली हामी हौँ भन्ने भ्रम छ । ती भ्रम समयक्रममा खुल्दै जानेछन् । स्थानीय निर्वाचनले पुष्टि गर्छ’, अध्यक्ष नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण