दाङका दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना
जिल्लाको शान्ति सुरक्षालाई थप बलियो बनाउनको लागि दाङमा थप दुुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । जिल्लाको घोराही ५ दलजितपुर र वडा नम्बर ११ को हापुरे शिवपुरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी र जिल्ला प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बुधबार दुवै स्थानका चौकी आज उद्घाटन गरेका छन् ।
वडा कार्यालयको सिफारिसमा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम ग्रामीण क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए । प्रहरी प्रमुख काफ्लेले ग्रामीण क्षेत्रमा प्रहरी चौकी स्थापना गरिएसँगै समाजमा हुने सबै खाले अराजकता अन्त्य हुने बताए । त्यसका लागि नागरिकको साथ चाहिने पनि उनले बताए । दुवै अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ६ जनाको प्रहरी टोली खटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण