महानायक राजेश हमालको काठमाडौंको मेयर हुने इच्छा !
महानायक राजेश हमालले काठमाडौंको मेयर हुने इच्छा जाहेर गरेका छन् । प्रसारणको तयारीमा रहेको ‘राजेश हमालसँग एकदिन’ कार्यक्रममा उनले यो इच्छा राखेका हुन् । हमालले बुधबार आफ्नै नामको युट्युब च्यानलबाट हमालसँग एक दिन नामक कार्यक्रमको ट्रेलर हालेका छन् । उक्त ट्रेलरमा हमालले मेयर हुने इच्छा जाहेर गरेको देख्न सकिन्छ ।
सार्वजनिक ट्रेलरमा हमालले नेताहरुले काठमाडौं व्यवस्थित गर्न नसकेको प्रति प्रश्न उठाउँदै मेयर हुने इच्छा जाहेर गरेका हुन् । ‘शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान गएन । भाषणमा भने भनिरहेका हुन्छन्’ हमालले अगाडि भनेका छन् ‘प्राक्टिकल्ली गर्ने सोच नपुगेर होकि ढंगै नपुगेर होकि, एकपटक काठमाडाैं शहरको मेयर बन्नुपर्छ कि क्या हो म ?
ट्रेलरमा गाडीमा बसेर काठमाडौं घुमिरहेका हमालले चालक सिटमा रहेका व्यक्तिसँग कुरा गर्दै शहरको अस्तब्यस्तताप्रति असन्तुष्टि समेत जनाएका छन् । ट्रेलरमा उनले आफ्ना विभिन्न फिटनेस क्रियाकलाप समेत देखाएका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा हमालले घुमाउरो शैलीमा राखेको यो इच्छालाई महत्वका साथ हेर्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण