बढ्दो दुर्घटनाप्रति राष्ट्रपति चिन्तित, प्रधानमन्त्री मर्माहत
राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना घटाउनेतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन् । उनले बढ्दो दुर्घटनाप्रति चिन्ता समेत व्यक्त गरेकी छन् । सङ्खुवासभाको मादीमा भएको आज भएको बस दुर्घटनामा १५ जना यात्रीको मृत्यु भएको खबरले आफू मर्माहत भएको बताउँदै राष्ट्रपतिले शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन् ।
साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । राष्ट्रपतिले ट्वीटरमा भनेकी छन्, ‘सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बद्ध पक्षको ध्यान आकृष्ट गराउँछु।’
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आजको दुर्घटनामा घाइते भएकाहरुको उचित उपचारको प्रवन्ध गर्न सम्वन्धित निकायलाई निर्देशन दिएका छन् । बिहीबार साँझ ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले यसबारे जानकारी दिएका हुन् ।
देउवाले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेक छन् । ‘संखुवासभाको मादीमा भएको बस दुर्घटनाले मर्माहत भएको छु। दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु। दुर्घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उचित उपचारको प्रवन्ध गर्न सम्वन्धित निकायलाई निर्देशन दिएको छु’, देउवाले ट्वीटरमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण