शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हुथी विद्रोहीले सर्वसाधारणमाथि आन्धाधुन्ध हमला गर्दा ६ बालबालिकाको मृत्यु

शुक्रबार, २७ फागुन २०७८, १३ : ४०
शुक्रबार, २७ फागुन २०७८

यमनमा गएको २४ घन्टा यतामात्र यहाँका हुथी विद्रोहीहरुले जारी राखेको हिंसामा परी कम्तीमा पनि छ जना बालबालिकाको ज्यान गएको छ । यहाँको सुरक्षा निकायले चिनियाँ समाचार समिति सिन्ह्वालाई दिएको जानकारीमा हुथीहरुले देशका विभिन्न भागमा गरेका हिंसात्मक आक्रमणहरुमा गएको २४ घन्टामा नै कैयौँ नागरिकको ज्यान गएको र ती आक्रमणमा परेर कम्तीमा पनि छ जना बालबालिका मारिएका बताएको छ ।

ती सुरक्षा निकायले पछिल्ला केही हप्तायता हुथीहरुले हिंसात्मक गतिविधिलाई बढावा दिएका पनि बताएका छन् । यहाँका दक्षिणी क्षेत्रमा पर्ने ताइज र साना प्रान्तमा ती बालबालिका मारिएका र सो क्षेत्रमा हुथीहरुले आन्धाधुन्ध सर्वसाधारण माथि नै हमला गरेका बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप