सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङका पीडित परिवारलाई राहत

शुक्रबार, २७ फागुन २०७८, १९ : २७
शुक्रबार, २७ फागुन २०७८

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार बिहान भएको आगलागीबाट सात घर परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई नेपाल रेडक्रस ताप्लेजुङले राहत वितरण गरेको छ । आगलागीबाट दुई घर जलेर नष्ट भएको छ । दुई घर नष्ट हुँदा सात घरका परिवार विस्थापित हुन पुगेको नेपाल रेडक्रस ताप्लेजुङले जनाएको छ । 

आग्नी पीडित परिवालाई चामल प्रतिपरिवार ३० केजी, दाल दुई केजी, नुन एक केजी, खाने तेल एक लिटर, साबुन, मसला साथै कपडा वितरण गरेको नेपाल रेडक्रस ताप्लेजुङले जनाएको छ । आगलागीमा परेर ६७ वर्षीया चुलीमाया लिम्बूको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।

यस्तै सोही आगलागीमा परी १६ वर्षीया रेविना लिम्बू सामान्य घाइते भएका छन्। उनको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । फुङ्लिङ बजारको कोप्चे डाँडालाइनका रविन आङ्बुहाङ लिम्बूको कच्ची घरबाट बिहान करिव ८ः३० बजेतिर आगो लागेको थियो । आगलागीको कारण खुलिसकेको छैन भने क्षतिको विवरण सङ्कलन गर्ने कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप