आमालाई औषधि किन्न जाँदा रुसी ट्यांकको हमलामा परिन् भ्यालेरिया
आफ्नी बिरामी आमालाई औषधि किन्न जाने क्रममा रुसी ट्यांकको हमलामा एक युक्रेनी महिलाको मृत्यु भएको छ । भ्यालेरिया माक्सेत्स्का नाम गरेकी ती महिला आफ्नी आमा र चालकसँगै राजधानी किभनजिकै मारिएका हुन् । उनी अन्तर्राष्ट्रिय विकाससम्बन्धी अमेरिकी सहयोग नियोग यूएसएडमा कार्यरत थिइन् ।
भ्यालेरिया सुरुमा रुसीहरूबाट घेराबन्दीमा परेका वासिन्दाहरूलाई सहयोग गर्न किभमा बस्ने योजना बनाएकी थिइन् । तर, आमालाई औषधि अभावपछि त्यहाँबाट अन्यत्र जाने निर्णय गरेकी थिइन् । एउटा ट्यांकले भ्यालेरिया र उनकी आमा चढेको गाडिमा गोली चलाएको थियो । पश्चिम किभको एउटा बाटोमा रुसी सेनाको बख्तरबन्दलाई अगाडि बढ्न बाटो दिइरहेका बेला उनीहरु आक्रमणमा परेका थिए ।
२० करोड डलर मूल्यका हतियार सहयोग
यसैबीच रुसी हमलाबाट जोगाउन अमेरिकाले २० करोड डलर मूल्य बराबरको साना हतियार, एन्टी ट्यांक र एन्टी एयरक्राफ्ट हतियार सहयोग गर्ने भएको छ ।
युक्रेनी अधिकारीहरूले रुसी सेनाको भारी गोलाबारीबाट बचाउन थप उपकरणहरू माग गरिरहेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई थप सुरक्षा सहयोगको अधिकार दिएको ह्वाइट हाउसले जनाएको थियो ।
यस कदमले युक्रेनमा नयाँ सैन्य उपकरणको ‘तत्काल’ ढुवानी सुरु गर्ने एक वरिष्ठ प्रशासन अधिकारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण