महिला हिंसाविरुद्ध लड्न दक्षिण एसियाली सम्मेलन हुँदै
महिला हिंसाविरुद्धको आवाजलाई विश्वब्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि एक्यबद्धता जनाउन दुई दिने दक्षिण एसियाली सम्मेलन हुँदैन । काठमाडौंमा मंगलबारदेखि सुरु हुने उक्त सम्मेलनमा महिला हिंसाका विविध पाटोलाई उजागर गर्दै हिंसापीडितको न्यायमा पहुँच कसरी पु¥याउन सकिन्छ भन्नेमा जोड दिइने सोमबार पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
सम्मेलनमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बालिका, किशोरी, अपांगता भएका महिला, यौनिक अल्पसंख्यक, सिमान्तकृतलगायतका समूदायका महिला बढी हिंसा प्रभावित हुने गरेको बताइन् । अध्यक्ष पराजुलीले विगतको तुलनामा विश्वव्यापी रुपमा हिंसा बढ्नुका साथै तीनको स्वरुप पनि परिवर्तन भइरहेका बताउँदै अहिले डिजिटल प्रविधिको हिंसा, लिभिङ टुगेदर, मनोरञ्जन क्षेत्रमा काम गर्नेको पीडालगायतका हिंसाको सम्बोधन हुन नसकेको जनाइन् । लैंगिक हिसावले भ्रूण हत्यादेखि धर्तीमा वृद्ध हजुरआमामाथि हुने हिंसालाई केलाएर सम्बोधन गरिनुपर्ने र हिंसा प्रभावितलाई न्यायमा पहुँच दिलाउनु सम्मेलनको मुख्य उदेश्य रहेको उनले बताइन् ।
त्यसैगरि राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापाले महिला हिंसा भनेको मानव अधिकारको हन्न भएकाले यस्ता हिंसालाई अन्तराष्ट्रिय रुपमै कसरी सम्बोधन र न्युनिकरण गर्न सकिन्छ भन्ने विषय सम्मेलनमा उठाइने बताइन् । राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग, महिला गैरसरकारी संस्था महासंघ (डब्लुएनएफ) र एभ्री वुमन नामक संस्थाको संयुक्त आयोजनामा हुने सम्मेलनले महिला हिंसा अन्त्यका लागि सिडले गर्न नसकेको व्यवस्थालाई एक महिला महासन्धिमार्फत सम्बोधन गर्नका लागि सम्बन्धित देशका सरकारलाई घचघचाउने काम पनि सम्मेलनमार्फत गरिने डब्लुएनएफकी अध्यक्ष शशी अधिकारले बताइन् ।
सम्मेलनमा दक्षिण एसिया, अमेरिकालगायतबाट महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी सहभागि हुनेछन् । लेखीका एवं गिल्ड अफ सर्भिस ट्रस्टी, भारतिय महिला अधिकारकर्मी मिरा खन्नाले पितृसत्तात्मक परम्परा हाम्रो समाजमा जहितही भएकाले पनि महिला हिंसा बढेको बताउँदै महिला हिंसा भनेको महिलाप्रतिको हिंसा मात्र नभई मानव अधिकारको उल्लंघन भएकाले मानव अधिकारको उल्लंघन गरेर कुनै पनि परिवार, समाज र देश अगाडि बढ्न नसक्ने उल्लेख गरिन् ।
पत्रकार सम्मेलनमा एभ्री वमन संस्थाकी सीईओ लिजा स्यानोन, लैंगिक विशेषज्ञ एवं औरत फाउन्डेसनकी बोर्ड अफ गर्भनर सदस्य डा। अलिया खान, श्रीलंकाकी शान्ति अधिकारकर्मी एवं द्धन्द्ध प्रभावित महिला संघकी संस्थापक एवं अध्यक्ष विशाका धर्मदास, पूर्व सिड कमिटि सदस्य र बंगलादेशकी हेल्प एज ट्रस्टी फेरडोजअरा बेगमलगायतले महिला हिंसाका विरुद्ध एक्येवद्ध भएर आवाज उठाउन सम्मेलन सहयोगी हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण