कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना कुनै पनि हालतमा रोकिँदैन : पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना कुनै पनि हालतमा नरोकिने बताएका छन् ।
नेकपा एमाले बुटवलले सोमबार आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोजना पूरा भएरै छाड्ने बताए । आयोजनाको सपना देख्ने नेता मदन भण्डारी भएको प्रसङ्ग उल्लेख गर्दै उनले यो आयोजना बन्नेमा कसैले आशंका गर्न जरुरी नभएको बताएका हुन् ।
उनले कालीगण्डकीको पानी तिनाउ नदीमा खसालिने योजना एमालेको पाँचौँ महाधिवेशनमा मदन भण्डारीले चर्चा गरेको भन्दै त्यसैलाई एमालेले पछ्याउँदै कालीगण्डकीको पानी तिनाउमा ल्याउने बताए । उनले आयोजनाको डीपीआर सकिएको बताउँदै केही संकिर्ण व्यक्तिले मुद्दा हालेकाले केही समय काम रोकिएको बताए ।
उनले कालीगडण्डकीको पानी ल्याउँदा राम्दीदेखि तल्लो तहमा पनि पानीको अभाव नहुने जिकिर गर्दै रिढी र रुद्रबेनीको बीचमा २५०० मेगावाटको जलाशययुक्त विद्युत उत्पादन केन्द्र निर्माण हुने बताए । कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने बताए । उनले आगामी चुनावमा एमाले विजयी हुने डरले अन्य दलहरु आत्तिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण