समृद्धिको लागि एमसीसी स्वीकारिएको हो : महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको दिगो विकास र समृद्धिको लागि एमसीसी स्वीकारिएको बताएका छन् । घरघर जाउँ, कांग्रेस जिताऊ’ अभियानको उद्घाटन गर्न उदयपुर आएका महामन्त्री शर्माले सो कुरा बताएका हुन् ।
एमसीसीलाई गलत व्याख्या गरिएकोले यसका विरुद्धमा छरिएका भ्रमको पछि नलाग्न काँग्रेसका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘देशमा विद्युत, सडक तथा पूर्वाधारको निर्माणमा एमसिसी परियोजना आवश्यक रहेको र हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको विरोध गर्नुको कुनै अर्थ छैन, यस्ता भ्रमको पछि नलागौँ ।‘ परियोजनाको कार्यान्वयनको पक्षलाई सबैको सहमति र सहकार्यबाट अघि बढाउनु पर्नेमा उनले जोड दिए ।
मुलुकमा विद्युत तथा सडक निर्माण जस्ता कार्यमा यो परियोजनाले सहयोग पु¥याउने भएकाले यसका विरुद्धका प्रचार तथा नकारात्मक टीका टिप्पणीको पछि नलाग्न आग्रह गरे । शर्माले स्थानीय निर्वाचनमा जनकपुरमा गठबन्धन भयो भन्दैमा उदयपुरमा पनि हुनु पर्छ भन्ने छैन, त्यसैले गठबन्धन हुने नहुने टुंगो छैन पहिला आफ्नो नेपाली काँग्रेसलाई मजबुद बनाउन आग्रह गरे । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस उदयपुरले १ महिने अभियानका लागि ७५ वटै वडामा जिम्मेवारी तोकिएको छ । ‘पार्टीले टिकटको लागि माथिबाट हस्तक्षेप गर्दैन र हाम्रालाई हैन, राम्रालाई जिताउँने आधारहरु देखेर मात्र पार्टीले उम्मेदवारी दिने छ‘, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारलाई घचघच्याउन मिटरब्याज पीडितको ‘न्याय मार्च’, एक हप्तामा काठमाडौँ पुग्ने
-
अमेरिकामा शेयर सूचीकरणबाट एसके हाइनिक्सले उठायो साढे २६ अर्ब डलर
-
८ हजार मिटर अग्ला हिमाल चढ्ने ६ जनालाई गण्डकी सरकारको सम्मान
-
निरन्तर बढ्दैछ बर्ड फ्लुको प्रकोप : डेढ खर्बको पोल्ट्री क्षेत्र जोखिममा
-
बागमतीमा सत्ता परिवर्तनको कसरत, के छ दलहरूको तयारी ?
-
गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल, सुधन गुरुङ अस्पताल जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण