वैदेशिक शिक्षा सहजताका लागि सर्चएजुकेसन एप
सर्च एजुकेसन नेपालले विद्यार्थीहरुको लागि ओभरसिज एजुकेसन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ । यस पोर्टलले नेपाली विद्यार्थीले घरमै बसेर विदेशमा अध्ययन गर्ने अवसर प्रदान गर्दछ । यो सेवा गुगल प्ले स्टोर र एप्पल एप स्टोरका साथै अनलाइनमा सर्चएजुकेसनडट कम मार्फत उपलब्ध हुन्छ । अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सुव्यवस्थित गर्न सहज गर्नुका साथै विदेशमा हुन सक्ने समस्याहरूलाई समेत हटाउँछ ।
कोर्सहरू खोज, कोर्सहरू तुलना र कोर्सहरूको लागि आवेदन दिन यसले सहयोग गर्छ । साथै कलेज युनिर्भसिटीहरूमा सम्पुर्ण प्रक्रिया पुरा गरि सके पछि अफर लेटर पठाए पश्चात विद्यार्थीले उक्त लेटर स्वीकार गने र अन्य प्रकृयाहरू सुरु गर्न सक्छन् । त्यस्तै, अतिरिक्त आवास, भिसा, यात्रा नियमहरू, र बीमा आदि बारे आवश्यक पर्ने कुराहरूबारे सहज रुपमा थप जानकारी प्राप्त गर्न सकिने छ ।
यस किसिमको सेवाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय संस्थाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सहज हुनुका साथै कलेजहरू र विश्वविद्यालयहरूसँग लागत, पाठ्यक्रम, र छात्रवृत्ति सम्बन्धी जानकारीहरु प्राप्त गर्न सकिने छ । सर्च एजुकेसन सन् २०१५ मा सिड्नी अस्ट्रेलियामा स्थापना भएको अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता संस्था हो । यस संस्थाले भारत, नेपाल र चिलीमा आफ्नो कार्यालय विस्तार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण