स्थानीय तह निर्वाचन : वडा–वडा काँग्रेसका प्रतिनिधि
नेपाली काँग्रेस मकवानपुरले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पार्टीका गतिविधिहरुलाई तिव्रता दिएको छ । नेपाली काँग्रेस मकवानपुरले आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर ‘घर घर जाऔं, काँग्रेस जिताऔं’ कार्यक्रम मार्फत् आफ्ना गतिविधिहरुलाई तिव्र बनाएको हो ।
सोही क्रममा काँग्रेस मकवानपुरले सो कार्यक्रमका लागि केन्द्रीय र प्रदेश नेतृत्वले पठाएको प्रतिनिधिहरुसँगको समन्वयमा ‘घर घर जाऔं, काँग्रेस जिताऔँ’ कार्यक्रमलाई तिव्रता दिँदै जिल्लाका वडा वडामा पुग्ने योजना सहित गाउँ प्रवेश गरेको छ ।
वडा प्रतिनिधि खटाउने निर्णय
काँग्रेस मकवानपुरले उक्त कार्यक्रमका लागि वडा–वडामा पार्टी प्रतिनिधि खटाउने निर्णय गरेको छ । सोहि निर्णय अनुसार निर्वाचन लक्षित अभियानको देशव्यापी रुपमा सुरुवात भएको कार्यक्रमका लागि काँग्रेस मकवानपुरले वडा प्रतिनिधि खटाएको हो ।
नेपाली काँग्रेसको उक्त अभियान संचालनको लागि मकवानपुरमा खटिएका केन्द्रीय प्रतिनिधि गुरुराज घिमिरेले ‘घर–घर जाऔं, काँग्रेस जिताऔँ’ कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिकाका वडाहरूमा प्रतिनिधि नियुक्त गरेर पत्र हस्तान्तरण गरेका छन् ।
काँग्रेस मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर–१ मा राजेश भेटवाल, हेटौंडा–२ मा हरि वाग्ले, हेटौंडा–३ इश्वर पण्डित, हेटौंडा–४ मा रामबाबु बानियाँ, हेटौंडा–५ मा आनन्दराम पराजुली, हेटौंडा–६ मा गोपीलाल बिश्वकर्मा, हेटौंडा–७ मा अर्जुनप्रसाद चौलागाई, हेटौंडा–८ मा प्रदीप कोइरालालाई प्रतिनिधि खटाएको छ ।
यस्तै हेटौंडा–९ मा केशव प्रसाद धिताल, हेटौंडा–१० मा अशोक शाक्य, हेटौंडा–११ मा प्रभात दाहाल, हेटौंडा–१२ मा ईश्वरलाल श्रेष्ठ, हेटौंडा–१३ मा शर्मिला श्रेष्ठ, हेटौंडा–१४ मा सञ्जिता सिग्देल, हेटौंडा–१५ मा कालु घलान, हेटौंडा–१६ मा तारानाथ चौलागाई, हेटौंडा–१७ मा ताराकुमारी राई कार्की, हेटौंडा–१८ मा होमनाथ गौतम र हेटौंडा–१९ मा इन्द्र बर्तौलालाई प्रतिनिधिको रुपमा खटाएको छ ।
१ महिने अभियान अन्तर्गत वडा–वडामा खटिने प्रतिनिधिले जनताको घर पुगेर काँग्रेसले गरेका काम र एजेण्डा तथा एमसीसीका विषयमा प्रष्ट पार्ने काम गर्ने नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बताए ।
प्रतिनिधिहरुले वडामा गएर जनताको काँग्रेसप्रतिको धारणा र पार्टीको अवस्था बुझेर एक हप्ताभित्र प्रतिवेदन तयारी पारी केन्द्रमा बुझाउनु पर्नेछ । जनताको घर–घरमा पुगेर वडा प्रतिनिधिले जनतालाई मताधिकार प्रयोग गर्न प्रेरित गर्ने, काँग्रेसलाई नै किन मत हाल्ने भनेर बुझाउने, काँग्रेसले विगतमा गरेको काम, राजनीतिक परिवर्तनको बारेमा बुझाउने, काँग्रेसको नेतृत्वमा भएको विकासको बारेमा जनतालाई जानकारी गराउने लगायतका काम गर्ने सभापति लामाले बताए ।
उनले वडा–वडामा खटिने प्रतिनिधिले काँग्रेसको अगुवाइमा भएको विकासको काम र कम्युनिष्टहरू बीचको भिन्नतालाई जनतासम्म पुर्याउने काम गर्ने बताए । त्यस्तै आसन्न निर्वाचनमा पहिलो पटक मतदान गर्ने समुहलाई मतदानको महत्वबारे बुझाउने, मतदाता शिक्षा सन्चालन गर्ने, भातृ र शुभेच्छुक संस्थाको सहयोग लिइ कार्यक्रम–क्रियाकलाप गर्ने, सामाजिक सञ्जालको उपयोग गरी पार्टीका गतिविधि प्रचार गर्ने, स्थानीय सञ्चार माध्यममार्फत काँग्रेसका गतिविधिहरूको प्रचारप्रसार गर्ने, घोषणा पत्र तयार पार्ने, जनधारणा बुझ्ने र सोही अनुसार आगामी रणनीति निर्माण गर्ने लगायतको कार्य गर्नुपर्ने उनको भनाई छ ।
स्वयम् उम्मेदवारी घोषणा नगर्न सभापति लामाको निर्देशन
सभापति लामाले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्वयम् उम्मेदवारी घोषणा नगर्न पार्टीका नेताहरुलाई निर्देशन दिएका छन् । पछिल्लो समय मकवानपुरमा काँग्रेस नेताहरुले स्थानीय तहको प्रमुख, उपप्रमुख तथा वडाअध्यक्षमा उम्मेदवारी घोषणा गर्ने लहर चलेको र यसले पछि समस्या निम्तिने भएकाले स्वयम् उम्मेदवारी घोषणा नगर्न नेताहरुलाई निदर्शन दिएका हुन् ।
उनले जिल्लाको शीर्ष तहकै नेताले आफैं उम्मेदवारी घोषणा गर्दा मतदातामा अन्यौलता आउने र पार्टीभित्र आन्तरिक द्वन्द्वको सृजना हुन सक्ने भएकाले तत्काल स्वयम् उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएका हुन् ।
‘यस विषयलाई रोक्न पार्टीबाट निर्देशन भएको छैन । चुनावमा उम्मेदवार पार्टीले तयार गर्ने हो । पार्टीभित्र रहेको साथीले आधिकारिकता नभएसम्म घोषणा नगर्दा राम्रो हुन्छ । यसले मतदातामा अन्यौलता थप्ने र आन्तरिक द्वन्द्वको अवस्था पनि आउन सक्छ । सबै नेताहरु पार्टीको नीति अनुसार चल्नुपर्छ । आफूलाई केन्द्रविन्दुमा राखेर अहिले नै उम्मेदवारी घोषणा गर्नु हुँदैन ।’ उनले भने ।
उनका अनुसार आगामी चैतको अन्तिम सातासम्ममा काँग्रेस मकवानपुरका सबै पालिका र वडामा काँग्रेसका उम्मेदवार घोषणा भइसक्ने छन् ।
‘हामी चैतको अन्तिम साताभित्र मकवानपुरका सबै पालिका र वडाका उम्मेदवार तय गरिसक्छौँ । जसको कारणले जनतामा जान सजिलो हुन्छ ।’, लामाले भने ।
विगतमा पार्टीका नेताहरुको नजिक रहेर टिकट लिने प्रवर्तित हावी भएकाले यस पटक त्यसको अन्य हुने र लोकप्रिय उम्मेदवारलाई पार्टीले निर्वाचनमा पठाउने उनको भनाई छ । उम्मेदवारको लोकप्रियताको लागि सम्बन्धित स्थानीय तहको वडाहरूमा काँग्रेसका उम्मेदवारहरू बीच आन्तरिक रुपमा मत सर्वेक्षण पनि गरिने उनले बताए ।
उनले तत्कालका लागि केन्द्रीय तहको निर्देशन अनुसार अभियान र निर्वाचनको गतिविधिमा पार्टीलाई सक्रिय रुपमा सघाउ पुर्याउनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी गोलमार्फत फ्रान्सलाई १–० को अग्रता, गोल्डेन बुटको दौडमा एम्बाप्पे अघि
-
फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक भिडन्त जारी, पहिलो गोलको खोजीमा दुवै टोली
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे
-
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
-
खोटाङको साप्सु खोलाका ढुङ्गामा तिखारिँदै छन् मूर्तिकारका सीप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण