अध्यादेशमार्फत संवैधानिक निकायमा भएका नियुक्ति विरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुँदै
शुक्रबार, ०४ चैत २०७८, १० : ३६
अध्यादेशमार्फत संवैधानिक परिषदसम्बन्धी प्रावधान संशोधन गरी विभिन्न संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध दायर रिट निवेदनमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत वर्ष संवैधानिक परिषद बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि अध्यादेश ल्याइ तत्कालै विभिन्न संवैधानिक पदमा नियुक्ति गरेको थियो ।
उक्त अध्यादेश संविधानको मर्म विपरीत रहेको र संसदीय सुनुवाईसमेत नगरी नियुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उनीहरुले त्यसरी गरिएका नियुक्ति खारेजीको माग पनि रिट निवेदनमा गरेका छन् ।
उक्त रिट निवेदन संवैधानिक इजलासमा पठाइएपछि आज पहिलो पटक सुनुवाइ हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण