नासाको एसएलएस मून रकेटको डेब्यू, मून मिसनका लागि भइरहेको छ तयारी
अमेरिकी स्पेस एजेन्सी नासाले चन्द्रमामा आफ्नो अर्को मिसन पठाउने तयारीमा जुटेको छ ।
एजेन्सी अब पहिलो पटक आफ्नो विशाल चन्द्र रकेटलाई अगाडि ल्याएको छ । यो रकेटको नाम स्पेस लञ्च सिस्टम (एसएलएस) हो जसलाई फ्लोरिडाको केनेडी स्पेस सेन्टर लगिँदैछ । यहाँ एउटा डमी काउन्टडाउन गरिनेछ ।
यदि सबै ठिक रहे यो रकेटलाई मिसनका लागि तयार भएको घोषणा गरिनेछ र केही महिनापछि क्रु बिनाको एउटा टेस्ट क्याप्सुल चन्द्रमा नजिकै पठाइनेछ ।
यो दशकसम्म एसएलएस रकेटमार्फत् अन्तरिक्ष यात्रीलाई एकपटक पुनः चन्द्रमाको सतहमा पठाइने आशा गरिएको छ ।
एसएलएसको अपोलो सेटर्न व्हिकल्सको तुलनामा थप शक्तिशाली बनाइएको छ । यस अन्तर्गत अन्तरिक्ष यात्रीहरुलाई पृथ्वीको सतहबाट टाढा पठाउने योजना मात्र नभएर चालक दलका सदस्यहरु थप समय त्यहाँ बस्न सक्ने पर्याप्त उपकरण र कार्गोको व्यवस्था गरिएको छ ।
एकातिर जब नासा, एसएलएसलाई विकसित गरिरहेको छ भने अर्कोतर्फ अमेरिकी व्यापारी एलन मस्कले योभन्दा पनि ठूलो रकेट तयार गर्नमा जुटेका छन् । मस्कको रिसर्च एन्ड डेभलपमेन्ट टिमले यसमाथि काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण