बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा ५१ जनामा कोरोना  संक्रमण पुष्टि, ३९२ जना डिस्चार्ज

शुक्रबार, ०४ चैत २०७८, १५ : ५२
शुक्रबार, ०४ चैत २०७८

पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । ५९१४ जनामा गरिएको नमूना परीक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा ३९२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने यसअवधिमा कसैको मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार अहिले देशभर ३९९६ जना सक्रिय संक्रमित रहेका छन् भने २९३९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप