बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चैत ११ गते काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, ३ वटा एजेण्डा तय

शुक्रबार, ०४ चैत २०७८, १९ : ०८
शुक्रबार, ०४ चैत २०७८

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत ११ गतेका लागि तय भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा बोलाइएको काँग्रेस बैठकलाई महत्वका साथ हेरिएको छ । 

काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले चैत्र ११ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने तय भएको जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहनेछ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा हुनेछ । यस्तै संसदीय समिति गठन र विविध गरी ३ वटा एजेण्डा तय गरिएको छ । 

काँग्रेसभित्र आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाउने कि नबनाउने भन्नेबारे अन्तरविरोध रहेको बेला यसबारे बैठकले ठोस निर्णय लिने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप