चैत ११ गते काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, ३ वटा एजेण्डा तय
शुक्रबार, ०४ चैत २०७८, १९ : ०८
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत ११ गतेका लागि तय भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा बोलाइएको काँग्रेस बैठकलाई महत्वका साथ हेरिएको छ ।
काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले चैत्र ११ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने तय भएको जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहनेछ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा हुनेछ । यस्तै संसदीय समिति गठन र विविध गरी ३ वटा एजेण्डा तय गरिएको छ ।
काँग्रेसभित्र आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाउने कि नबनाउने भन्नेबारे अन्तरविरोध रहेको बेला यसबारे बैठकले ठोस निर्णय लिने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो
-
फिल्म ‘आशा’ निर्माण घोषणा, मुख्य भूमिकामा महेश र अञ्जना
-
सडक–पुल अलपत्र, डीपीआर र वातावरणीय अध्ययनमा करोडौं बजेट !
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा भेटिएको शव साङ्गेतडा दुर्घटनाकी सिर्जनाको, अझै दुईको अवस्था अज्ञात
-
हात्ती पीडित बोटे परिवारलाई राहत
-
राससले देशैभर माग्यो पत्रकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण