प्रधानमन्त्री देउवाले आज खिम्ती सब-स्टेशनको उद्घाटन गर्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन तथा खिम्ती पावर सब–स्टेसन उद्घाटनका गर्ने भएका छन् । शनिबार प्रधानमन्त्री देउवा बालुवाटारबाट दोलखाको बिगु गाउँपालिकास्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनातर्फ हेलिकप्टरमार्फत निस्किएका छन्। कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको अवलोकन र न्यू खिम्ती सब–स्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
खिम्ती सब–स्टेसन २२०/१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब–स्टेसन हो ।
स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट (मेवा) क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०/१३२ केभीको सब( स्टेसन निर्माणको काम पूरा भएको हो ।
मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई २२०/१३२ केभी, १०० एमभिएको ट्रन्सफर्मर भई १३२ केभी प्रसारण लाईनबाट काठमाडौं पनि जोड्नेछ ।
न्यू खिम्ती सब–स्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ । यस्तै ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु दोस्रो र २४ दशमलव १ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको गत असार २१ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण