नक्कली विचारको फैसला चुनावले गर्छ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पार्टीका जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेकपा एमालेको अब कुनै राजनीतिक भविष्य नभएकाले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताएका हुन् ।
‘हामीले जनसेवाको भावनाले ओतप्रोत भएर गरिब र दिनदुःखी जनता, विपन्न, बेसहारा, दलित र अत्याचारमा परेका नेपाली तथा जुनसुकै वर्ग समुदायका देशभक्त नेपालीको हितको कल्याण गर्ने पार्टी निर्माण गर्नुपर्छ, उनले भने, ‘यो पवित्र भावले लाग्दाखेरी यो पार्टीको भविष्य रहन्छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अहिले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको ओइरो लागेको बताउँदै आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर देशभर चलिरहेको बताए । ‘नक्कली सोच र विचारले केही हुनेवाला छैन, अबको स्थानीय तहको चुनावले त्यसको फैसला गर्नेछ’ उनले भने, ‘एकीकृत समाजवादी क्रान्तिकारी सोचका साथ अघि बढेको छ, समाजवाद, विकास र समृद्धिका निम्ति देशभक्तिको झण्डा उठाएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण