काँग्रेस मुख्यालय सानेपामा नेविसंघको धर्ना
आइतबार, ०६ चैत २०७८, १२ : २०

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका असन्तुष्ट नेता कार्यकर्ता पार्टी कार्यालय सानेपामा धर्ना बसेका छन् । लामो समयदेखि नेविसंघको महाधिवेशन नभएको र विधानअनुसार महाधिवेशनको माग गर्दै आइतबार उनीहरुले धर्ना दिएका हुन् ।
नेविसंघमा उमेर हदबन्दी ३२ वर्ष बनाएर पार्टीले विद्यार्थी नेताहरुलाई जुधाउन खोजेको बताउँदै नेविसंघका नेता अनिल खनालले सो को खारेजी गर्नुपर्ने बताए । उनले तरुण दलका लागि पनि ४५ बर्षे उमेर हद लगाएर पार्टीले नेता कार्यकर्तालाई जुधाउन खोजेको बताए । नेविसंघको अविलम्ब महाधिवेशनको माग गर्दै पार्टीका कार्यालय सचिवलाई ज्ञापनपत्र बुझाएर उनीहरु पार्टी कार्यालयमा धर्नामा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र नेदरल्याण्ड्स भिड्दै
-
ट्रान्सफर्मर चोरी भएपछि सयौँ परिवार खानेपानीबाट वञ्चित
-
‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ–२०८२’ हुने
-
माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान