के विवाहको तयारी गर्दैछन् हरिहर र नीता ?
अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीबीच पछिल्लो समय प्रेम चलिरहेको छ । उनीहरुका प्रेमको गसिप बेलाबेलामा मिडियामा छाएकै विषय हो । उनीहरुका नजिकका आफन्तले समेत दुवैबीच प्रेम रहेको बताउँदै आएका छन् । तर मिडियामा भने उनीहरुले प्रेम स्वीकारेको अवस्था छैन ।
सामाजिक सञ्जाल मार्फत भने दुबैले बेलाबेलामा एकअर्का प्रति देखाउने प्रेम भावले उनीहरु प्रेममा रहेको अनुमान सजिलै गर्न सकिन्छ । चर्चा त उनीहरु छिट्टै विवाह गर्दैछन् भन्ने पनि छ । यस विषयमा नीता र हरिहर भने चुप छन् ।
अहिले उनीहरु केही प्रोजेक्टमा एकसाथ काम गरिरहेका छन् । म्युजिक भिडियोदेखि टिभी शो र फिल्ममा पनि उनीहरु सहकार्य गर्दैछन् । हरिहरले एक टिभीमा संचालन गर्ने टिभी कार्यक्रमको निर्देशक नीता हुन् ।
यी वैले केही अगाडि ‘ह्रस्व–दीर्घ’ नामक एक फिल्म समेत घोषणा गरेका थिए । सो फिल्मको अहिले निर्माण तयारी भइरहेको छ । फिल्म निर्माण अगाडि दुबैले विवाह गर्ने समेत चर्चा छ । उनीहरुले नयाँ बर्षको साउनमा विवाह गर्ने र विवाहका लागि साइत हरिहर आफैले निकाली सकेको चर्चा चलिरहेको छ ।
फिल्मको लागि भने उनीहरुले निर्देशक खोजिरहेका छन् । निर्देशकको खोजी रहेका छन् । प्रेमकथामा बन्ने फिल्म हिन्दी र नेपाली दुई भाषामा बन्न लागेको हो । फिल्ममा उनीहरु दुबै मुख्य भूमिकामा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण