जनमत पार्टी स्थानीय निर्वाचनको तयारीमा
आइतबार, ०६ चैत २०७८, १६ : ५४

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै सिके राउत नेतृत्वको जनमत पार्टीले चुनावी गतिविधिलाई अघि बढाएको छ । पार्टीले चुनावी केन्द्रित गतिविधिसँगै किसान आन्दोलनलाई समेत यसैसँग जोड्ने भएको जनाएको हो ।
जनमतको केन्द्रीय समितिको विस्तारित अनलाइन बैठकले बूथ–बूथ – मजबूत अभियानलाई स्थानीय तहसम्म लैजान नेताहरुको जिम्मेवारी समेत हेरफेर गरिएको पार्टीले जनाएको छ । जनमत पार्टीका नेता बिपी साहले बूथ–बूथ–मजबूत अभियानलाई नेताहरुलाई जिम्मेवारी दिएर स्थानीय तहसम्म पुगाउने बताए ।
स्थानीय तहको निर्वाचनमा स्थानीय नेताहरुले आफ्नो अनुकुल गठबन्धन गर्न सकिने र केन्द्रबाट कुनै पनि दलसँग गठबन्धन नगर्ने उनले बताए । बैठकले निर्वाचनको मतगणना सम्पन्न नहुँदासम्म नेता तथा कार्यकर्तालाई सक्रिय भएर लाग्न निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माउन्टेन डिउको नयाँ अभियानमार्फत नेपाली पर्वतारोहीको कथा उजागर
-
तीनकुने घटनामा अनिल बस्नेत पक्राउ : २ दिन म्याद थप
-
भुसमुनि भेटियो ७२ लाखको सामान
-
लाप्चे तामाकोशी जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ५ अर्ब २५ करोड लगानी
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा