म्यादी प्रहरीमा विद्यार्थीको मोह
आइतबार, ०६ चैत २०७८, १७ : ४१
स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा स्नातक तहमा पढ्ने विद्यार्थीहरु भर्ना हुन थालेका छन् । आइतबारदेखि सुरु भएकाे भर्ना अभियानमा गुल्मीका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु पनि म्यादी प्रहरीमा भर्ना हुन लागेका हुन् ।
भर्ना हुन लाइनमा उभिएका मदाने गाउँपालिका–६ पुर्कोटदहका जयराम कुँवरले आफू जनज्योति क्याम्पस पुर्कोटदहमा स्नातक तहमा अध्ययनरत रहेको बताए । यस्तै छत्रकोट गाउँपालिका–४ दिगामका मेघराज भण्डारी पनि स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छन् ।
म्यादी प्रहरीको फारम भर्ने अधिकांश विद्यार्थीहरु रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवराज खरेलले गुल्मीलाई करिव ११ सय म्यादी आवश्यक पर्ने बताए । उनले म्यादी प्रहरीको आवेदन दिनेमा महिलाहरुको पनि उल्लेख्य सहभागिता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण