शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

म्यादी प्रहरीमा विद्यार्थीको मोह

आइतबार, ०६ चैत २०७८, १७ : ४१
आइतबार, ०६ चैत २०७८

स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा स्नातक तहमा पढ्ने विद्यार्थीहरु भर्ना हुन थालेका छन् । आइतबारदेखि सुरु भएकाे भर्ना अभियानमा गुल्मीका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु पनि म्यादी प्रहरीमा भर्ना हुन लागेका हुन् ।

भर्ना हुन लाइनमा उभिएका  मदाने गाउँपालिका–६ पुर्कोटदहका जयराम कुँवरले आफू जनज्योति क्याम्पस पुर्कोटदहमा  स्नातक तहमा अध्ययनरत रहेको बताए । यस्तै छत्रकोट गाउँपालिका–४ दिगामका मेघराज भण्डारी पनि स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छन् ।  

म्यादी प्रहरीको फारम भर्ने अधिकांश विद्यार्थीहरु रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवराज  खरेलले गुल्मीलाई करिव ११ सय  म्यादी आवश्यक पर्ने बताए । उनले म्यादी प्रहरीको आवेदन दिनेमा महिलाहरुको पनि उल्लेख्य सहभागिता रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप