मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीको पोस्टमा मोनाकोको तीन गोल

आइतबार, ०६ चैत २०७८, २१ : ०२
आइतबार, ०६ चैत २०७८

फ्रेन्च लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार साँझ भएको खेलमा एएस मोनाकोसँग ३-० अन्तरले पराजित भएको छ ।

मुख्य खेलाडी लियोनल मेस्सीबिना मैदान उत्रिएको पीएसजीलाई हराउन मोनाकोको लागि विसाम बेन येडरले दुई तथा केभिन भोलन्डले एक गोल गरे । 

खेलको २५औं मिनेटमा येडरले गोल गर्दै अग्रता दिलाए । ६८औं मिनेटमा भोलन्डले २-० को अग्रता बनाए ।  खेल सकिन ६ मिनेट अघि  येडरले पेनाल्टीमा मार्फत गोल गर्दै सहज जित दिलाए ।

पराजित भए पनि पीएसजीको शीर्षस्थानमा १५ अंकको अग्रता छ । पीएसजीको २९ खेलबाट ६५ अंक छ । दोस्रो स्थानको मार्सेको २८ खेलबाट ५० अंक छ । पीएसजीलाई हराएको मोनाकोको २९ खेलबाट ४४ अंक जोड्दै सातौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप