पीएसजीको पोस्टमा मोनाकोको तीन गोल
आइतबार, ०६ चैत २०७८, २१ : ०२
फ्रेन्च लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार साँझ भएको खेलमा एएस मोनाकोसँग ३-० अन्तरले पराजित भएको छ ।
मुख्य खेलाडी लियोनल मेस्सीबिना मैदान उत्रिएको पीएसजीलाई हराउन मोनाकोको लागि विसाम बेन येडरले दुई तथा केभिन भोलन्डले एक गोल गरे ।
खेलको २५औं मिनेटमा येडरले गोल गर्दै अग्रता दिलाए । ६८औं मिनेटमा भोलन्डले २-० को अग्रता बनाए । खेल सकिन ६ मिनेट अघि येडरले पेनाल्टीमा मार्फत गोल गर्दै सहज जित दिलाए ।
पराजित भए पनि पीएसजीको शीर्षस्थानमा १५ अंकको अग्रता छ । पीएसजीको २९ खेलबाट ६५ अंक छ । दोस्रो स्थानको मार्सेको २८ खेलबाट ५० अंक छ । पीएसजीलाई हराएको मोनाकोको २९ खेलबाट ४४ अंक जोड्दै सातौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण