स्थानीय तहमा केन्द्रीय नेताले उम्मेदवारी दिन सुझाव
स्थानीय तहका प्रमुख पदहरूमा राजनीतिक दलका केन्द्रीय स्तरका नेताले उम्मेदवारी दिन उपयुक्त हुने सुझाव विज्ञहरूको छ । स्थानीय तहका प्रमुख पद आकर्षणका केन्द्र बन्दै गएको भन्दै विज्ञहरूले त्यस्तो सुझाव दिएका हुन् ।
सङ्घीय प्रणालीअनुरूप स्थानीय तहमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहितको स्रोत र साधन हुने भएकाले स्थानीय तहका प्रमुख पदमा आकर्षण बढेको ठम्याइ उनीहरूको छ । आकर्षण बढेको मात्र नभई विज्ञहरूले स्थानीय तहका प्रमुख पद विकास निर्माण, सेवा प्रवाह र सुशासन कायम गर्ने दृष्टिले महत्त्वपूर्ण भएकाले आसन्न निर्वाचनमा राजनीतिक दलका केन्द्रीय स्तरका नेताले उम्मेदवारी दिनुपर्ने बताए । आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा भइसकेको छ ।
स्थानीय शासनविज्ञ डा. श्याम भुर्तेलले स्थानीय तहको कुशल व्यवस्थापक बन्न राजनीतिक दलका केन्द्रीय स्तरका नेताले उम्मेदवारी दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार पहिलो स्थानीय तहको निर्वाचन हतारमा भएको र दलहरूले उम्मेदवार छान्ने समय पनि छोटो थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण