राजेश हमालले उठाए नारायणीको फोहोर
अभिनेता राजेश हमालले नवलपरासी पूर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाईमा गरेका छन् । उनी सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला सरसफाइ र व्यवस्थापन गरेका हुन् ।
स्थानीय सिसवार चितवन टाइगर रिसोर्टले आयोजना गरेको नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसहित स्थानीय समेत जुटेका थिए । कार्यक्रममा हमालले स्थानीय संस्था, ब्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाईमा सक्रिय हुन आग्रह गरे । ‘आज हामीले एकदिन, केहीबेर सफाई गरेर सधैंका लागि यो सफल हुने त होइन, तर सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो’ हमालले थपे ‘यहाँ घुम्न आउने पर्यटकले पनि यी कुरा बुझ्नु जरुरी छ ।’
सरसफाइ कार्यक्रमपछि हमालले करिब एक घण्टा सवारी मार्फत त्यहाँको बिभिन्न स्थान समेत अवलोकन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण