शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राजेश हमालले उठाए नारायणीको फोहोर

सोमबार, ०७ चैत २०७८, १३ : ००
सोमबार, ०७ चैत २०७८

अभिनेता राजेश हमालले नवलपरासी पूर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाईमा गरेका छन् । उनी सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला सरसफाइ र व्यवस्थापन गरेका हुन् ।

स्थानीय सिसवार चितवन टाइगर रिसोर्टले आयोजना गरेको नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसहित स्थानीय समेत जुटेका थिए । कार्यक्रममा हमालले स्थानीय संस्था, ब्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाईमा सक्रिय हुन आग्रह गरे । ‘आज हामीले एकदिन, केहीबेर सफाई गरेर सधैंका लागि यो सफल हुने त होइन, तर सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो’ हमालले थपे ‘यहाँ घुम्न आउने पर्यटकले पनि यी कुरा बुझ्नु जरुरी छ ।’

सरसफाइ कार्यक्रमपछि हमालले करिब एक घण्टा सवारी मार्फत त्यहाँको बिभिन्न स्थान समेत अवलोकन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप