आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ विदेशमन्त्री चैत ११ गते नेपाल आउने निश्चित

सोमबार, ०७ चैत २०७८, २० : ००
सोमबार, ०७ चैत २०७८

चिनियाँ विदेशमन्त्री वाङ यी आगामी चैत ११ गते नेपाल भ्रमणमा आउने निश्चित भएको छ । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । यस्तै परराष्ट्रमन्त्री खड्कासँग दुई पक्षीय भेटवार्ताको मिति चैत १२ गतेका लागि तोकिएको छ । 
भ्रमणका क्रममा उनले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने तय भएको छ । 

विदेशमन्त्री वाङ चैत १३ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ । नेपालको संसदबाट एमसीसी पारित भएपछि हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप