पीएनजीविरुद्ध नेपाल ७ विकेटले विजयी, भुर्तेल र आरिफको अर्धशतक
‘क्रिकेट वर्ल्ड कप लिग टू’ अन्तर्गतको खेलमा नेपालले पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध सानदार जित हात पारेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा जारी प्रतियोगिता अन्तर्गतको चौथो खेलमा ७ विकेटको जित हात पारेको हो ।
यो दुबईमा जारी लिग अन्तरगतको चौथो खेलमध्ये दोस्रो जित हो । यसअघि, अघिल्लो जित पनि पीएनजीविरुद्ध नै थियो । यूएईसँगको दुईवटा खेलमा भने नेपाल निरन्तर हारेको थियो । आज नेपाललाई जित दिलाउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले ५० रन र टप अर्डर ब्याट्सम्यान आरिफ शेखले ५९ रन बनाए ।
यी दुई जनाको उत्कृष्ट ब्याटिङपछि तीन विकेटको क्षतिमा नेपालले ७८ बल बाँकी छँदै टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले दिएको १७३ रनको लक्ष्य भेट्यो । नेपालका लागि रोहित पौडेलले ४४ रन बनाउन सके भने आसिफ शेखले जम्मा २ तथा दिपेन्द्रसिंह ऐरी ० रनमा आउट भए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । त्यसक्रममा कप्तान असद भालाले सर्वाधिक ४५ रन, च्याड सोपरले २२ रन र लेगा सियाकाले २० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले नेपालको बलरसामु खुलेर खेल्न सकेनन् ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान २/२ विकेट लिए । यस्तै, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी र पवन शर्राफले समान १/१ विकेट लिए । आजको जित सँगै लिगमा १२ खेल खेलको नेपाल ६ जित र ६ हारसहित छैटौं स्थानमा छ । प्रतियोगितामा १२ अंक बटुलेको नेपालभन्दा पछाडी पीएनजी मात्रै छ ।
लिगको विजेता टोली सन् २०२३ मा हुने एक दिवसीय अन्तर्राष्ट्रिय विश्वकपका लागि छनोट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
-
भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा एक सातादेखि चलिरहेछ सुनुवाइ
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण