दुई करोड बढी ठगी आरोपमा एक महिला पक्राउ
मङ्गलबार, ०८ चैत २०७८, १९ : ००
पश्चिम नवलपरासीमा जग्गा कारोबारमा साढे दुइ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन् । काठमाडौं–१६ घर भएकी ५४ वर्षीय बिमला श्रेष्ठलाई पक्राउ गरिएको हो । उनलाई बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
उनका अनुसार नवलपरासीमा जग्गा बिक्री नगद २ करोड ५६ लाख रुपैयाँ ठगी गरेर फरार रहेकी श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धानका लागि पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ । पश्चिम नवलपरासीका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रेमबहादुर शाहीले श्रेष्ठलाई हिरासतमा राखी अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण