सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

दुई करोड बढी ठगी आरोपमा एक महिला पक्राउ

मङ्गलबार, ०८ चैत २०७८, १९ : ००
मङ्गलबार, ०८ चैत २०७८

पश्चिम नवलपरासीमा जग्गा कारोबारमा साढे दुइ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन् । काठमाडौं–१६ घर भएकी ५४ वर्षीय बिमला श्रेष्ठलाई पक्राउ गरिएको हो । उनलाई बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।  

उनका अनुसार नवलपरासीमा जग्गा बिक्री नगद २ करोड ५६ लाख रुपैयाँ ठगी गरेर फरार रहेकी श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धानका लागि पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ । पश्चिम नवलपरासीका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रेमबहादुर शाहीले श्रेष्ठलाई हिरासतमा राखी अनुसन्धान भइरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप