नयाँ कमेडी शो ‘जोगिन्दर मुखियाजी’ ल्याउँदै शिवशंकर
चर्चित कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले नयाँ कमेडी टेलिभिजन शो ल्याउने भएका छन् । उनले ‘जोगिन्दर मुखियाजी’ नामक शो ल्याउने भएका हुन् । ‘जोगिन्दर मुखियाजी’ ग्लोबल एचडी टिभीबाट चैत्र १० गतेदेखि प्रत्येक बिहिबार साँझ ७ः३० बाट प्रसारणमा आउँदैछ । जोगिन्दर उपनामले परिचित रिजालले आफूलाई सबैले वास्तविक नामबाट भन्दा पनि जोगिन्दर उपनामबाटै चिन्ने भएकोले नयाँ शोमा पनि यो नाम जोडेको बताए ।
यस अगाडि हिमालयन टेलिभिजनमा चर्चित कार्यक्रम ‘जोगिन्दर पानवाल’ मार्फत दर्शकको मन जित्न सफल उनी डेढ वर्षपछि नयाँ टेलिभिजनमा देखिन लागेका हुन् । ‘जोगिन्दर मुखियाजी’ एक पुर्ण मनोरन्जनात्मक शो भएको उनले जानकारी दिए ।
‘हाम्रो तराईमा मुखियाजीलाई सबैले मान्ने गर्छन् । गाउँ , टोल वा वडामा धेरै फैसला मुखियाजीकै आधारमा हुने गर्थे’ उनले भने ‘त्यही पात्रलाई टेलिभिजन शोमा ल्याउन लागेको हो ।’ कार्यक्रमको पहिलो एपिसोड उनले पुर्वमन्त्री लालबाबु पण्डितलाई अतिथि बनाएको सुनाए ।
‘जोगिन्दर मुखियाजी’ रमाइलो ठट्यौली शैलीमा गफगाफ गर्ने शो हो । यहाँ घरमा भएका खानेकुराहरु खाँदै गफगाफ गर्नेछु’ उनले थपे ‘यसलाई सबैसँग भलाकुसारी गर्ने कार्यक्रम अथवा साझा चौतारी भन्दा पनि फरक पर्दैन ।’ ‘जसरी एउटा मुखियाको घरमा सबै जान्छन् । त्यस्तै कार्यक्रममा पनि सबै क्षेत्रका ब्यक्ति अतिथिको रुपमा निम्त्याउनेछु’ उनले थपे ।
जोगिन्दरको क्यारेक्टरलाई जीवित राख्दै मुखियाजीमार्फत आगामी कला यात्रालाई अगाडी बढाउने योजना उनको रहेको छ । शोमा रिजालले आफ्नो गेटअफ र पहिरन समेत तराईका मुखिया झै गर्नेछन् ।
रिजाल फिल्म, टेलिचलचित्र, कमेडी शोका अलवा स्टेज कार्यक्रममा पनि ब्यस्त रहने कलाकार हुन् । उनी यस अगाडि टेलिभिजन कार्यक्रमको कारणले ‘जोगिन्दर पानवाल’ भनेर चिनिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण