प्रधानमन्त्रीद्वारा दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन
प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको आज उद्घाटन गरेका छन् ।
वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौँको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छन् । तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ ।
सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत–समथर भूभागबीचको अन्तर सम्बन्धलगायतका विधामा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी क्षेत्रीय नीति निर्माणका लागि सुझाव प्रस्तुत गर्नेछन् ।
सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री देउवा आज बिहान हेलिकप्टरबाट चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा आएका थिए । उनलाई वनमन्त्री रामसहायप्रसाद यादव, चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सम्मेलनका सहभागीहरुले स्वागत गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण