सलमानले भने, ‘नेपाल आउन उत्साहित छु’
अभिनेता सलमान खानले नेपाल आउने कुरोले आफु उत्साहित रहेको बताएका छन् । बुधबार होटल सोल्टीमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री प्रेम आलेसँग भर्चुअल संवाद गर्दै उनले नेपाल आउन आफ्नो टिमै पुरै उत्साहित रहेको बताए ।
‘एक फिल्म सुटिङको लागि पहिले नेपाल आएको थिए । छायांकन हुन नसकेपछि फर्किए’ सलमानले भने ‘यसपटक आउने मेसो मिलेकोमा सबै टिम खुसी छौ ।’ करिब दश मिनेट चलेको सम्वादमा मन्त्री आलेले सलमानलाई सगरमाथाको पर्वतीय उडान र ब्रेकफास्टसँगै लिने इच्छा राखे । सलमानले एक शब्दमा ‘डन’ भन्दै मन्त्री आलेलाई जवाफ फर्काएका थिए ।
सलमान ओडीसी इन्टरटेनमेन्ट लाजिम्पाटले आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा आयोजना गर्न लागेको ‘द ब्याङ रिलोडेड टुर’ को लागि नेपाल आउने भएका हुन् । सलमानको अलवा ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, आयुष शर्मा, प्रभु देवा लगायतका बलिउड कलाकारको जम्बो टोली उक्त सांगीतिक कन्सर्टका सहभागिता रहने आयोजकले जनाएको छ ।
धेरै अगाडि आयोजना हुने भनिएको यो कार्यक्रम यस अगाडि स्थगित भएको थियो । यो पटक भने कार्यक्रम नरोकिने ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले बताए । कार्यक्रमको विस्तृत जानकारी आयोजकले अप्रिल १३ मा एक कार्यक्रम मार्फत दिने बताएको छ । उक्त कार्यक्रममा सलमानका भाइ तथा अभिनेता सोहेल खान समेत काठमाडौं आइपुग्ने छन् । कार्यक्रममा सोहिलले ‘द ब्याङ रिलोडेड टुर’को बारेमा विस्तृत जानकारी दिने आयोजकको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

