पानीको श्रोत संरक्षण सरकारको नीति : मन्त्री चौधरी
खानेपानी मन्त्री उमाकान्त चौधरीले स्वच्छ र शुद्ध खानेपानीको आमनागरिकलाई पुर्याउन सरकारले पानीको श्रोत संरक्षणको नीति लिएको बताएका छन् । ताप्लेजुङको श्रीजंगा गाउँपालिकास्थित वडा नं तीनमा रहेको हाप्पु खोला खानेपानी आयोजनाको स्किम नं १, २ र तीनको बुधबार उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
उनले सरकारले एक घर एक धाराको नीतिलाई अघि सारेको पनि बताए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ४ करोड ९५ लाख ७१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको सो खानेपानी आयोजनाबाट गाउँपालिकाको २ नम्वर वडाका दुई सय ३५ घर धुरीका एक हजार चार सय १० जनसख्या लाभान्वित भएका छन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलले खानेपानी आयोजनाबाट हिमाली जिल्ला ताप्लेजुङका ग्रामिण बासिन्दा लाभान्वित भएको बताए । यसैगरी, खानेपानी मन्त्री चौधरीले बुधबार नै श्रीजंगा गाउँपालिकाको प्रशासकिय भवनको एक समारोहबीच उद्घाटन गरे । गाउँपालिकाका अध्यक्ष टिका गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ लगायतले संवोधन गरेका थिए ।
२०७५ सालमा शिलान्यास भई गत पुस महिनामा निर्माण सम्पन्न भएका ९ वटा संरचनाको मन्त्री चौधरीले उद्घाटन गरेको गाउँपालिका अध्यक्ष गुरुङले बताए । सो अवसरमा नवनिर्मित संरचनाहरु प्रमुख प्रशासकिय भवन, पावर हाउस, अतिथि गृहसहित ९ वटै संरचनाको मन्त्री चौधरीले अवलोकन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण