रुपन्देही सुपर लिगको उपाधिका लागि बुद्ध क्रिकेट र एमसीसी भिड्ने
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधिका लागि बुद्ध क्रिकेट क्लब र मेलवर्न क्रिकेट क्लब (एमसीसी)बीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार सम्पन्न सुपर फोरको अन्तिम खेलमा बुद्ध क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा निश्चित गरेको हो ।
लुम्बिनी खुकुरी पराजित भएसँगै नेट रन रेटका आधारमा एमसीसीसँग फाइनलका लागि छनोट भएको छ । बिहीबार टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ४६ रन बनाएको थियो । जसका लागि धिरज शाहीले ११ दुर्गेश गुप्ताले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । वलिङतर्फ सस्तैमा रोक्न बुद्धका रुपेश कुर्मीले ६ र वपिन खत्रीले ४ विकेट लिए ।
जवाफी ब्याटिङमा ४७ रनको लक्ष्य पाएको बुद्धले १० दशमलव एक ओभरमा सहजै लक्ष्य पार गर्यो । चार विकेटको क्षतिमा ५१ रन बनाउँदै ८ विकेटले जित निकाल्यो । जसका लागि रुपेश कुर्मी र विपीन रावलले अविजित ११ र १० रनको पारी खेले । बलिङमा लुम्बिनी खुकुरीका शाहाव आलमले २, धिरज शाही र अजयकुमार चौहानले समान १–१ विकेट लिए । बिहीबारको खेलमा रुपेश कुर्मी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
१२ चैतसम्म हुने प्रतियोगितामा यस वर्षदेखि टिमले धेरै खेल खेल्न पाओस भन्दै सेमिफाइनलको ठाउँमा लिग चरणका प्रमुख टिमले राउण्ड रोबिन लिग खेलाइएको हो । जसबाट उच्च अंक प्राप्त गर्ने दुई टिम फाइनल पुगेको संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।
शनिबार हुने फाइनलमा बुद्ध र एमसीसीबीच प्रतिस्पर्धा हुनेछ । लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगका सबै कामकारबाही स्थगित
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
अन्य प्रदेशको विवाद गण्डकीमा ल्याउनु हुँदैन: देवका पहारी
-
मधेस प्रदेश सरकारबारे केन्द्रको निर्देशन पर्खिंदै कांग्रेस–एमाले
-
काम गर्न यही सरकार सक्षम छ, फेर्न लागे सङ्घीयता बदनाम हुन्छः पञ्चराम गुरुङ
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण