शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

प्रचण्डले भने - भरतपुर महानगरको विकासमा मेयरको सकारात्मक सोचले काम गर्‍यो

शुक्रबार, ११ चैत २०७८, २१ : ५७
शुक्रबार, ११ चैत २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको विकासमा मेयरको सकारात्मक सोचले काम गरेको बताएका छन् । शुक्रबार भरतपुरमा महानगरको प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा पार्टीहरू एकजुट नभएपनि भरतपुरमा मेयरले आफ्नो नेतृत्वमा सबै पार्टीलाई एकजुट बनाएर अघि बढाएको उनको दावी छ । 

उनले स्थानीय तहको चुनाव, प्रदेश र संघको चुनावमा फरक फरक गठबन्धन बनाएर चुनावमा जानुपर्ने परिस्थिति बनेपनि भरतपुर महानगरपालिका भने दलहरुबीचकाे सम्बन्ध अक्षृण रहेको बताए । उनले भने–‘यी विभिन्न परिस्थितिका बावजुद पनि भरतपुर महानगरपालिकामा एकता अक्षृण रह्यो । यो बीचमा प्राप्त थुप्रै सफलताको रहस्य मध्ये के हो भन्दा, देशमा आएको उतार चढाव, पार्टीहरूमा आएको उतार चढावहरु, एकता, समीकरण र विभाजनहरु, त्यसले राष्ट्रिय राजनीतिमा उत्पन्न गरेका तरंगहरु रहे, तर भरतपुर महानगरमा मेयरको नेतृत्वमा त्यो परिवार एक ढिक्का रहिरह्यो । त्यो एकता खलबलिएन् ।’

उनले महानगरको विकासको रहस्य मेयरमा रहेको सकारात्मक सोच नै मुख्य रहेको उल्लेख गरे । उनले भने–‘भरतपुर महानगरको विकासको रहस्य मेयरको सकारात्मक सोचमा केन्द्रीत छ । अर्को दृढ इच्छा शक्ति हो । मैले भरतपुर महानगरपालिकाको मेयरको दिमागमा जतिबेलापनि महानगरपालिका र त्यो परिवारप्रति जहिलेपनि सकारात्मक सोच मात्रै भेटेँ । नेपाली काँग्रेसका धेरै वडाध्यक्ष छन्, एमालेका वडाध्यक्ष छन्, उहाँहरुले मेयरले सधै सहयोग गर्नुहुन्छ, माया गर्नुहुन्छ भन्ने जहिल्यै । कहिल्यै नराम्रो नभएको सबै राम्रो छ भनिरहेका छन् । सबैसँग सहज अन्तरक्रिया गर्न सक्ने । त्यो दृढ इच्छाशक्ति र सकारात्मक सोचका कारणले पनि भरतपुर महानगरमा विकासले एउटा तिब्रता पाएकै हो । देशको मध्य भागमा रहेको यो महानगरपालिकाले देशलाई नमुनाको रुपमा एउटा सन्देश दिइनै रहेको छ ।’  

अध्यक्ष प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रका साथै राष्ट्रिय जिम्मेवारीलाई निजी, सहकारी र सरकारी साझेदारीको मान्यताका आधारमा काम गर्दै जाँदा चितवनको विकासलाई पनि प्राथमिकतामा राखेको बताए । उनले भरतपुर महानगरमा रिङ्रोड निर्माणको टेन्डर प्रक्रिया अघि बढेको र ४१ किलोमिटर रिङ्रोड बनिसकेको उल्लेख गरे । आफू अघि बोल्ने पूर्ववक्ताहरुले भरतपुर महानगरमा केही भएन भनेर आलोचनाको जवाफ दिँदै प्रचण्डले चुनाव लागेका कारण त्यस्तो भन्नु परेको टिप्पणी गरे ।  

उनले भरतपुरको विकास देखेर पनि विकासको कामबारे बोल्न विपक्षीहरु बोल्न हिचकिचाईरहेको टिप्पणी गर्दै हरेक वर्ष बाढीको डुवानका कारण समस्या झेलिरहेको नारायणीको बाढी नियन्त्रण गर्न ५ अर्बको नारायणी नदी तटबन्धको योजना अघि बढेको बढाएको बताए । उनले रिङरोड बनेर काम सकिन लागेपनि विपक्षीहरुले भन्न नचाहेको, सिटी हल दुःख गरेर अघि बढाएको काम पनि विपक्षीले भन्न नचाहेको भन्दै गुनासो समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप