सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष जयसवाल पक्राउ

शुक्रबार, ११ चैत २०७८, २० : ५०
शुक्रबार, ११ चैत २०७८

बारा प्रहरीले कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ । तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र आठ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा निज वडाध्यक्षलाई कलैया बजारबाट आज पक्राउ गरिएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए । 

पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता थापाले जानकारी गराए । जयसवाल २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट निर्वाचित भएका थिए । हाल उनी बारा निर्माण व्यवसायी संघको अध्यक्ष हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप