निर्वाचनमा गठबन्धन आवश्यक छ : सञ्चारमन्त्री कार्की
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनसम्म सरकारमा सहभागी दलको गठबन्धन आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘गठबन्धन जुन उद्देश्य र परिस्थितिबाट निर्माण गरिएको हो त्यो अहिले पनि कायम राख्नुपर्ने आवश्यकता छ।’
मन्त्री कार्कीले गठबन्धन मुलुकको राजनीतिक स्थिरता, आन्तरिक एकता, सुशासन र कानुन शासनको प्रत्याभूति दिनका लागि तथा जनताको विकासको अभिलाशालाई परिपूर्ति गर्न निर्माण गरिएको बताए । ‘वर्तमान गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्छ’ भन्दै उनले औचित्य र आवश्यकताका आधारमा निर्वाचनमा तालमेल हुने बताए । काँग्रेस कार्यसमितिको बैठक प्रारम्भ भएकाले यसले स्थानीय निर्वाचनका सम्बन्धमा छलफल भएर मुलुकलाई एकताबद्ध ढङ्गले आगाडि बढाउने सन्देश प्रभाव गर्ने मन्त्री कार्कीले जानकारी दिए ।
काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले नेताहरूले आफ्ना विचार राख्न स्वतन्त्र रहेको बताउँदै मन्त्री कार्कीले केन्द्रीय समितिले गर्ने निर्णयलाई सबैले मान्ने परम्परा विसं २००७ देखि चलिआएको स्मरण गरे । उनले पार्टीको १४ औँ महाधिवेशनपछि सम्पूर्ण नेता तथा कार्यकर्ताको चाहना काँग्रेसलाई मुलुकको सबैभन्दा ठूलो, शक्तिशाली पार्टी निर्माण गर्ने तथा स्थानीय तह, प्रदेश र संघीय सरकारको नेतृत्व लिने उद्देश्यले कार्यकर्ता अहोरात्र मेहनत गरिरहेको बताए । मन्त्री मन्त्रीमण्डल विस्तार सम्बन्धमा कुनै जानकारी नरहेको उनले उल्लेख गरे ।
मन्त्री कार्कीले चीनका विदेशमन्त्रीलाई नेपालले हार्दिकताका साथ स्वागत गर्ने विश्वास दिलाउँदै मुलुकको विकासका निम्ती छिमेकी र मित्र राष्ट्र तथा दातृ निकायसँग राष्ट्रिय हितका आधारमा छलफल हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण