शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चिनियाँ विदेशमन्त्री वाङ परराष्ट्रमन्त्रीलाई भेट्न सिंहदरबार जाँदै

शनिबार, १२ चैत २०७८, ०४ : ००
शनिबार, १२ चैत २०७८

परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी बीच सिंहदरबारमा भेटघाट हुने भएको छ । दिउँसो तीन बजे सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्रीद्वय बीचमा भेटघाट हुने सुरक्षा स्रोतले जनाएको छ ।

शिवपुरीबाट फर्केपछि द्वारिका होटलमा रहेका वाङ केहीबेरमा सिंहदरबार जान निस्किने बताइएको छ । परराष्ट्रमन्त्री खड्कासँग भेटघाट गरिसकेपछि पाँच बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जाने स्रोतले जनाएको छ । 

विदेशमन्त्री वाङले आइतबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिसकेपछि एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम तय भएको छ । दाहाल र ओलीसँग वाङले राजधानीको मेरियट होटलमा भेट्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप