शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ विदेशमन्त्री यी र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता, तस्बिरमा हेर्नुहोस्

आइतबार, १३ चैत २०७८, १२ : १५
आइतबार, १३ चैत २०७८

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणको अन्तिम दिन राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् ।  विदेशमन्त्री यीले आईतबार राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

विदेशमन्त्री याङयीसँग एमाले नेताहरु अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभाग प्रमुख राजन भट्टराईले भेटवार्ता गरेका हुन् । एमाले नेतासँगको भेटवार्तापछि  र यीले माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले भेटवार्ता गरेका हुन् ।  

यीले राष्ट्रपति भण्डारीलाई राष्ट्रपति कार्यालय र नेताहरुलाई काठमाडौको मेरियट होटलमा भेटवार्ता गरेका हुन् । यी नेतृत्वको टोली तीन दिने नेपाल भ्रमण सकेर आजै साँझ स्वदेश फर्कँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप