भाडा समायोजन नभए आफै बृद्धि गर्ने यातायात व्यवसायीहरुको चेतावनी
यातायात व्यवसायीहरुले वैज्ञानिक भाडादर लागू नगरे आफै भाडा बृद्धि गर्ने चेतावनी दिएका छन् । दैनिक जसो तेलको मुल्य बृद्धि हुने, टायर, मुविल महँगिएको भन्दै उनीहरुले सरकारले वैज्ञानिक भाडादर लागू नगरेकोमा आक्रोश पोखेका हुन् ।
यातायात प्रालि बुटवलको प्रथम साधारण सभा तथा अधिवेशनको अवसरमा आइतबार बुटवलमा बोल्दै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष डिल बहादुर ढुङ्गानाले सरकारलाई आफूहरुले दिएको अल्टिमेटम सकिएको र यही १५ गतेसम्म भाडा समायोजन नभएमा लुम्बिनी प्रदेशमा आफै भाडा तोक्न बाध्य हुने चेतावनी दिए । उनले अन्य केही प्रदेशका पनि यस्तै तयारी भइरहेको बताउँदै भाडादर समायोजनमा सरकारले ध्यान नदिएको आरोप लगाए । उनले कोभिडका कारणले दुई वर्षसम्म सवैभन्दा धेरै नोक्सान व्यहोरेको यातायात व्यवसायीहरु अहिले झन् तेल लगायतको मुल्य बढेको छ । त्यसैले सरकारले भाडा बृद्धि नगरे आफै गर्नै बाध्य हुने छौं ।’
कार्यक्रमा पूर्व अध्यक्ष डिल बहादुर थापा, अधिवक्ता जीव नारायण अधिकारी, प्रेस सल्लाहकार खिमानन्द भट्टराई, कोषाध्यक्ष ज्ञान बहादुर सार्की, व्यावसायी मधु अर्याल लगायतले सिन्डिकेट, कोरोना र बैंकहरुको ब्याजदर बृद्धिले व्यवसायीहरु चरम मारमा परेको गुनासो गरेका थिए । आइतबार नै नयाँ नेतृत्व चयन गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुससहित सब-डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख पक्राउ
-
अमेरिकामा लरेन्स बिश्नोई र गाेल्डी बरारमाथि मुद्दा दायर
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको प्रतिज्ञा
-
दाङमा पाँच हजार बढीको परीक्षण गर्दा छ सय पचासमा सिकलसेलको लक्षण
-
अमेरिकाको टेक्सासमा आप्रवासन अधिकारीको गोलीबाट एक जनाको मृत्यु
-
इरानमाथि अमेरिकी आक्रमणपछि बढ्यो कच्चा तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण