राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाउँछौं : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई देशको बलियो राष्ट्रवादी शक्ति बनाउने घोषणा गरेका छन् ।
राप्रपा नेपाल भक्तपुर जिल्ला समितिले आज सूर्यविनायकमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेलामा उनले आफ्नो पार्टीले सनातन हिन्दू राष्ट्र कायम गर्ने एजेण्डा बोकेर अगाडि बढ्दै देशको बलियो राष्ट्रवादी शक्ति बनाउने बताए । पार्टीले नेपाली माटो र परिवेश सुहाउँदो गरी सुशासन र समृद्धिलाई मुख्य सिद्धान्त बनाएर अगाडि जाने उल्लेख गर्दै उनले पार्टीले सुशासन कायम गराउनका लागि पहल गर्ने बताए ।
निर्मल निवासको असहयोगका कारण नै राप्रपा नेपाल स्थापना भएको बताउँदै अध्यक्ष थापाले राप्रपा नेपालको उज्ज्वल भविष्य रहेको दाबी गरे । उनले देश र पार्टीको प्रतिकूल अवस्थामा राप्रपा नेपालको स्थापना भए पनि पार्टीभित्र केही गलत व्यक्ति प्रवेश गराउँदा समस्या आएको बताए ।
राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्यले राप्रपा नेपालले ३० दिनमा ७७ जिल्लामै सङ्गठन, ३२ दिनमै छ वटा भ्रातृ सङ्गठन विस्तार गरेको चर्चा गर्दै पार्टी अध्यक्ष थापाको नेतृत्वले सार्थकता पाउने दाबी गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नरगोविन्द श्रेष्ठ, केन्द्रीय सदस्य रामसुन्दर विष्ट, राप्रपा नेपाल भक्तपुरका अध्यक्ष माधव खत्री, उपाध्यक्ष श्याम नेपाललगायतले राप्रपा नेपालप्रति जना आकर्षण बढिरहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने