बुटवलमा ९ करोडको लागतमा खानेपानी ओभरहेड ट्याङ्की शिलान्यास
सोमबार, १४ चैत २०७८, १३ : ५५
बुटवलको मैनाबगरमा एक हजार जनालाई पुग्ने खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास गरिएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रदेश सरकारको करिब ९ करोड लगानीमा मैनाबगरको अटो भिलेजमा खानेपानी ओभरहेड ट्याङ्की गरिएको हो ।
लुम्बिनी प्रदेश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले योजनाको शिलान्यास गर्दै व्यवसायीलाई स्वामित्व हस्तान्तरण गर्न सके उनीहरुले अपनत्व महसुस गर्ने बताए । उनले उक्त क्षेत्रमा निर्माण हुन लागेको करिडरले अटो क्षेत्र प्रभावित नहुने गरि विकल्पका बारे छलफल गर्न जरुरी रहेको समेत उपाध्यक्ष क्षेत्रीले बताए ।
कार्यक्रममा बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष तुल्सीराम न्यौपानेले खानेपानी आयोजना सम्पन्न भएपछि मैनाबगर अटो भिलेज र यस आसपासका हजार घर परिवार लाभान्वित हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
-
सरकारले गर्यो ६ सचिवको सरुवा, अर्याल पुगिन् जगेडामा
-
हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र
-
सरकारबाट फिर्ता हुन कांग्रेस मन्त्रीको अटेरी, बैठकमा सहभागी भएनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण