फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
सारांश
- प्युठान र नवलपरासी पूर्वका छुट्टाछुट्टै स्थानमा एक महिलासहित तीन जना मृत अवस्थामा फेला परेका छन्।
- प्युठानको स्वर्गद्वारी नगरपालिका-८ मा ७० वर्षीय शोप बहादुर सुनार टेकनटार चौरमा मृत फेला परेका हुन्।
- नवलपरासी पूर्वको गैंडाकोट र कावासोतीमा अन्दाजी ४० वर्षीय एक पुरुष र ७२ वर्षीया सुकमाया दराई मृत फेला परेकी छिन्।
काठमाडौँ । प्युठान र नवलपरासी पूर्वका छुट्टाछुट्टै स्थानमा एक महिलासहित तीन जना मृत अवस्थामा फेला परेका छन्।
प्युठानको स्वर्गद्वारी नगरपालिका–८ पल्नोदमार बस्ने ७० वर्षीय शोप बहादुर सुनार सोही ठाउँस्थित टेकनटार चौरमा बिहीबार मृत अवस्थामा फेला परेका हुन्।
यस्तै, नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–२ बोटेटोल नजिक नारायणी नदीको तटबन्धनको जा0लीमाथि रहेको गोरेटो बाटोमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। हाल नाम, थर र वतन नखुलेका ती पुरुष अन्दाजी ४० वर्षका रहेका छन्। बुधबार उनको शव फेला परेको प्रहरीले जनाएको छ।
यसैगरी नवलपरासी पूर्वकै कावासोती नगरपालिका–१७ अमल्टारीस्थित गुन्द्रही ढकाहा सामुदायिक वनमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन्। बुधबार फेला परेको उक्त शव चितवनको भरतपुर महानगरपालिका–९ बस्ने ७२ वर्षीया सुकमाया दराईको भएको पुष्टि भएको छ।
यी तिनवटै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण