एमालेलाई साइजमा राख्ने अवसर आएको छ : रामचन्द्र पौडेल
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई साइजमा राख्न पनि आगामी निर्वाचनसम्म गठबन्धन आवस्यक भएको बताएका छन् । सोमबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता पौडेलले एमालेलाई साइजमा राख्न पनि निर्वाचनसम्म गठबन्धन कायम राख्नुपर्ने बताएका हुन् ।
‘हामीले माओवादी र एकीकृत समाजवादीको अलिकति मत थपिदिएर एमालेलाई साइजमा राख्ने अवसर आएको छ’, पौडेलले भने, ‘संविधानलाई जोगाउन सत्ता गठबन्धन गरिएको हो । हाम्रो मुख्य लडाइ एमाले र केपी ओलीसँग हो ।’
नेता पौडेलले एक्लाएक्लै चुनावमा जान सक्ने अवस्था नरहेको विश्लेषण सुनाएका थिए । ‘हामीले साथ नदिए उनीहरु एक्ला एक्लै चुनावमा जाने अवस्था छैन । काँग्रेसले गठबन्धन नगरे माओवादी र समाजवादी एमालेसँग गठबन्धन गर्छन् । त्यसपछि हाम्रो अवस्था के छ साथीहरूलाई थाहा छैन र ?’, पौडेलको प्रश्न गरे ।
शुक्रबारबाट सुरु भएको बैठक मंगलबार ३ बजे पुनः बस्नेगरी सकिएको प्रवक्ता डा. प्रकासशरण महतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

