पाथीभरामा तीर्थयात्रीको मृत्यु
ताप्लेजुङको पाथीभरामा एक तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका—९ बस्ने ६० वर्षीय खेमबहादुर ढुंगाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उनी पाथीभरा मन्दिर पुगेर पूजापाठ लागि मन्दिर परिक्रमा गर्ने क्रममा बेहोस भएका थिए । बेहोस भएपछि जिल्ला अस्पताल ताप्लेजुङमा पुर्याइएको केही समयमै अस्पतालले मृत घोषणा गरेको थियो ।
श्रीमती, छोरा, छोरी र ज्वाइँसहित उनी पाथीभरा मन्दिरमा पूजा गर्न पुगेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । ढुंगाना दमको रोगबाट ग्रसित व्यक्ति हुन्। उनको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिए ।
ट्याक्सी दुर्घटना हुँदा ११ जना तीर्थयात्री घाइते
ताप्लेजुङको पाथीभरामा मन्दिरमा पूजा गर्न आउँदै गरेको ट्याक्सी दुर्घटना हुँदा ११ जना तीर्थयात्री घाइते भएका छन् । को१ज २८४६ नम्बरको ट्याक्सी पाँचथरको फिदिममा दुर्घटना हुँदा तीर्थयात्री घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
तीर्थयात्री इटहरीबाट ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा पूजा गर्न लागि जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्सीमा ११ जना तीर्थयात्री सवार थिए । जिल्ला अस्पताल पाँचथरमा ६ जना र समर्पित अस्पतालमा पाँच जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण