लुम्बिनी विकास प्राधिकरणका निर्देशक घिमिरेले दिए राजीनामा
लुम्बिनी प्रदेश विकास प्राधिकरणका कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको टेण्डर विवाद आएपछि उनले राजीनामा दिएका हुन् । अस्पतालको टेन्डरमा राज्यलाई नोक्सान पर्ने गरी कार्यविधि बनाएको भन्दै ठेकेदार कम्पनीहरुले विरोध गरेका थिए ।
निर्देशक घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै राजीनामा दिएका थिए । भवन निर्माणका लागि आह्वान गरिएको ठेक्का दुई कम्पनी मात्र छनोट गर्ने गरी स्पेसिफिकेसन तयार गरेर प्रक्रियामै सेटिङ गरेको भन्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणले टेण्डर रद्द गरेको जनाएको छ । विवादित टेण्डरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरीहरू परेको छ भने उच्च अदालत दाङमा व्यवसायीहरुले मुद्दा दायर गरेका छन् । प्राधिकरणले आह्वान गरेको ठेक्कामा रमेश शर्माको शर्मा र रसुवा जेभी मात्र सहभागी भएका थिए ।
ठेक्का आह्वान सेटिङमा भएको र सार्वजनिक खरिद अनुगमन कार्यालयले ध्यानाकर्षण गराएको थियो । करिब ७ अर्ब रुपैयाँ लागतमा बन्ने अस्पतालको भवन निर्माणका लागि गरिएको टेन्डर सोमबार नै रद्द गरिएको प्राधिकरणले जनाएको छ । १२ सय बेडको १० तले भवन निर्माणको लागि गत फागुन ८ गते र चैत २ गते गरी दुई पटक आह्वान गरिएको टेन्डर सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम रद्द गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्देलनमा जलेका सामानको लगत कट्टा गर्ने बागमती सरकारको निर्णय
-
तत्काल राजीनामा दिनेभन्दा पनि संविधानअनुसार विश्वासको मत लिन्छुः मुख्यमन्त्री शाह
-
विद्युत् निर्यातमा गेम चेन्जर निर्णय
-
रास्वपाले प्रदेश खारेजीको माग गरिरहँदा तपाईंहरूको व्यवहारले उनीहरूलाई बल पुग्दैन ?
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण