राप्रपाले गठन गर्यो केन्द्रीय सम्पादन समिति
सोमबार, १४ चैत २०७८, २० : ३४
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । सो समितिमा उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, धु्रवबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ, मुकुन्दश्याम गिरी रहनुभएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठद्वारा विज्ञप्तिमा उल्लेख छ ।
सो समितिमा महामन्त्री डा धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ, प्रह्लादप्रसाद साह हुनुहुन्छ । केन्द्रीय सदस्य दीपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्तीमगर, जयन्त चन्द, टङ्क ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार पनि समितिमा रहनुभएको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण