सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल डेरी एसोसिएसन मकवानपुरको नयाँ समिति चयन

सोमबार, १४ चैत २०७८, २१ : १२
सोमबार, १४ चैत २०७८

नेपाल डेरी एसोसिएसन मकवानपुर जिल्ला समितीको भेला सम्पन्न भएको छ । एसोसिएसनका बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटा रहेका थिए ।

भेलाले राजु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यासमति चएन गरेको छ । जसको उपाध्यक्षमा प्रबिण हुमागाई, सचीवमा अमिर ढकाल, कोषाध्यक्षमा ईश्वर बर्तौला चयन भएका छन् । यस्तै सदस्यहरुमा सुमन सिवाकोटी, सुरेन्द्र साह र सृजन कोइराला चयन भएका छन् ।

सापकोटाले नेपाल डेरी एसोसिएसन देशबताए ।  भेलामा नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडिया, उपाध्यक्ष राजन दाहाल, केन्द्रीय महासचिव प्रल्हाद दाहाल, सदस्य तिर्थ अधिकारी, रामभक्त दाहाल तथा डेरी उद्योगीहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप