पत्रपत्रिका
४४ महिनामा काठमाडौंमा दुर्घटनामा परी ५ सय ६८ जनाको मृत्यु
बिहीबार, १७ चैत २०७८, ०६ : ०१
बितेको ४४ महिनामा काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी ५ सय ६८ जनाको ज्यान गएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी विगत ४४ महिनामा सवारी दुर्घटनामा परेर ५ सय ६८ जनाको ज्यान गएको जनाएको हो ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७५-७६ मा सवारी दुर्घटनामा परी काठमाडौंमा मात्रै १ सय ३१ जनाको ज्यान गएको थियो । सो वर्ष काठमाडौंमा ६० जना दुर्घटनामा परी अंगभंग भएको थियो । यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा काठमाडौंमा ८१ जनाको मृत्यु तथा ६५ जना अंगभंग भएका थिए । आर्थिक वर्ष २०७७/७८ मा काठमाडौंमा ७६ जनाको मृत्यु तथा ३६ जना अंगभंग भएको रेकर्डले देखाएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म काठमाडौंमा ६८ जनाको मृत्यु तथा ३४ जना अंगभंग भएको प्रहरीको रेकर्ड छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीविरूद्ध टिप्पणी गरेका अधिकारी भन्छन्, ‘श्रम शोषणको आवाज दबाउन पक्राउ गरियो’
-
अर्जेन्टिनाको इतिहासमाथि धावा बोल्ने इजिप्टको सपना
-
लेखा समितिमा ‘पावर स्ट्रगल’ : उपसमितिको नेतृत्वमा रास्वपाको दाबी र प्रतिपक्षको विद्रोह
-
सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड
-
ओलीले अध्यक्ष पद छाड्नु नै पुनर्गठनको प्रारम्भ हो : सिंह
-
‘कसैले दुई रुपैयाँ मात्रै पनि बदमासी प्रमाणित गरे राजनीति नै छोडिदिन्छु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण