स्वास्थ्यमन्त्रीविरूद्ध टिप्पणी गरेका अधिकारी भन्छन्, ‘श्रम शोषणको आवाज दबाउन पक्राउ गरियो’
सारांश
- स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गरेका हेल्थ असिस्टेन्ट नवेश अधिकारीलाई प्रहरीले रिहा गरेको छ ।
- अधिकारीले स्वास्थ्यकर्मीको श्रम शोषणविरुद्ध आवाज उठाउँदा आफूलाई बिना कारण पक्राउ गरिएको बताएका छन् ।
- चिकित्सा शिक्षा सङ्घर्ष अभियानले स्वास्थ्यमन्त्री मेहताको ठाडो आदेशमा अधिकारीलाई पक्राउ गरिएको दाबी गर्दै घटनाको आपत्ति जनाएको छ ।
काठमाडौँ । सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध टिप्पणी गरेको आरोपमा पक्राउ परेका नवेश अधिकारीलाई प्रहरीले रिहा गरेको छ ।
हेल्थ असिस्टेन्ट नवेश अधिकारीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि रिहा गरेको हो । रिहा भएपछि अधिकारीले रातोपाटीसँग भने, ‘म निरन्तर १० महिनादेखि स्वास्थ्यकर्मीको श्रम शोषणविरुद्ध आवाज उठाइरहेको थिएँ । आन्दोलन पनि गरेको थिएँ कात्तिक महिनामा । त्यतिखेरदेखि नै कन्टिन्यु मैले सोसल मिडियामा आवाज उठाइरहेको थिएँ । त्यही आवाज उठाउँदै क्रममा म कन्टिन्यु टार्गेट श्रम मन्त्रालय र स्वास्थ्य मन्त्रालयको टार्गेट गरेर हामी आवाज उठाइरहेका थियौँ, पोस्ट गरिरहेका थियौँ, भिडियो हालिरहेका थियौँ । त्यसैको क्रममा हामीलाई हिजो राती ८ बजेतिर विना कारण पक्राउ पुर्जी दिएको थियो । प्रहरीले पक्राउ गरेपछि नियन्त्रणमा लिएर सोध्दाखेरि त्यहाँ ’मन्त्रालयबाट निर्देशन छ रे नियन्त्रणमा लिन’ भनेर भने त्यति नै हो ।’
अधिकारी मधेस प्रदेश स्वास्थ्यकर्मी सङ्घर्ष समिति संयोजक हुन् । अधिकारी भन्छन्,‘स्वास्थ्यकर्मी, नर्स, प्यारामेडिक्सहरूको श्रम शोषणविरुद्ध लडिरहेको थिएँ, आवाज उठाइरहेको थिए । त्यसको विरुद्धमा हामीलाई नियन्त्रणमा लिएको हो हिजो ।’
धनुषा स्थित एक निजी स्वास्थ्य संस्थामा काम गर्दै आएका अधिकारीले स्वास्थ्यकर्मी सेवा सुविधा बढाउन माग गर्दै मन्त्रीको राजीनामा माग्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । अधिकारीले शनिवार स्वास्थ्यमन्त्री मेहताको तस्बिर रातो मसिले क्रस गर्दै ‘माफिया मन्त्री’ उल्लेख गरेर पोस्ट गरेका थिए । स्वास्थ्यकर्मी अधिकारीलाई सामान्य सोधपुछ गरेर रिहा गरिएको धनुषाका एसपी रुपेश खड्काले रातोपाटीलाई बताए ।
उनले भने, ‘हामीले बोलाएका थियौँ, उहाँलाई सामान्य सोधपुछ गरेर रिहा गरिएको छ ।’ आफू कार्यरत संस्थामा पनि अधिकारीले तलब र सुविधा वृद्धि गर्नुपर्ने माग उठाउँदै आएका थिए ।
यसैबिच अस्पतालहरूले गरेको श्रम शोषणविरुद्ध र पारिश्रमिक वृद्धि गर्न माग गर्दा मधेस प्रदेश स्वास्थ्यकर्मी सङ्घर्ष समितिका संयोजक अधिकारीलाई पक्राउ गरिएको घटनाप्रति चिकित्सा शिक्षा सङ्घर्ष अभियान केन्द्रीय समितिले आपत्ति जनाएको छ ।
अभियानले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्री निशा मेहताको ठाडो आदेशमा अधिकारीलाई अस्पतालबाटै बिनापुर्जी पक्राउ गरिएको दाबी गरेको छ । श्रम शोषणविरुद्ध आवाज उठाउने पीडित पक्षको जायज माग सम्बोधन गर्नुको साटो उल्टै धरपकड गरिनु खुल्लमखुल्ला राज्य आतङ्क भएको ठहर अभियानले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
-
यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको फैसला (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण